नियम ८४
प्रोत्साहन गर्ने व्यवस्था
: (१) ऐनको दफा १४४ बमोजिम मन्त्रालयले वार्षिक कार्यक्रममा व्यवस्था गरी व्यक्ति, सहकारी संस्था वा निकायलाई कदरपत्र, नगद पुरस्कार वा दुवै गरी सम्मानवा पुरस्कृत गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम सम्मान वा पुरस्कृत गर्दा व्यक्ति, सहकारी संस्था वा निकायहरूका लागि छुट्टाछुट्टै आधारहरू तय गरी स्वीकृत गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम प्रोत्साहनयोग्य व्यक्ति, सहकारी संस्था वा निकायको छनौट गर्न मन्त्रालयमा एक समिति रहनेछ ।

(४) उपनियम (३) बमोजिमको समितिले आफ्नो कार्यविधि /आफैँ तय गर्न सक्नेछ ।